Wednesday, July 11, 2018

आफूलाई चिनौं

आफूलाई चिनौं

श्रावण नलाग्दै बजारमा हरियो चुरा र मेहन्दीको रौनक शुरु भइसकेछ । यो फेसनले पनि यति गाँजेको छ कि हरियो चुरा नलगाई हिड्नेलाई त प्रश्न प्रतिप्रश्न कति हो कति । तीज आउन अझै २ ÷३ महिना बाँकी होला, कतिलाई तीजमा के लाउने, कस्तो लाउने चटारो परिसक्यो । कतै विहे पार्टीमा जाँदा भएभरका गहनाले झकिझकाउ हुनैपर्ने । सुन नभए नक्कली सुन भए नि लगाउनै पर्ने । छड्के तिल्लहरी पनि अनिवार्य नै जस्तो । शहरीया परिबेशमा यो झकिझकाउ बढि नै देखिन्छ । पढेलेखेका महिलाहरु नै संस्कार र परम्पराका नाममा यस्ता अनावश्यक तडकभडकमा अघि भएपछि कस्तो समाजको कल्पना गर्ने हामीले ? 

युवा नेतृ मानुषी यमी भट्टराइलाई हेर्नुस् त कति सादापन छ उनमा । पूर्व प्रधानमन्त्रीकी छोरी  भएर मात्र होइन नेपाली राजनीतिमा आफूलाई स्थापित गरिसकेकी उनको लवाइमा कति सादापन देखिन्छ ? के उनले नभएर तेसो गरेकी हुन् र ? पक्कै होइन, उनी यस्ता तडकभडकको जिवन भन्दा धेरै माथी छिन् । नेपालमा अरु पनि धेरै महिला छन् जो बौदिक रुपमा धेरै माथी भएर पनि सादा जिवन जिउछन् । म सामाजिक संजालमा हेर्छु  यसोदा तिम्सिना, अर्चना थापा, विद्या चापागाइँ, हरिमाया भेट्वाल, सुशिला कार्की, मनिषा गौचन लगायत थुप्रै महिलाहरु हुनुहुन्छ उहाँहरुबाट कुनै न कुनै रुपमा प्रभावित छु । यी सबै हस्तीहरुमा कुनै अनावश्यक तडकभडक देख्दिन । समाजमा भएका विकृति र विसंगतिको विरुद्ध अनि महिलाका आवाज लेख्ने पारिजातको चेतनास्तरकै कारण  त इतिहासमा उनी कालजयी भइन् ।  तसलिमा नसरिन र अरन्धति रोयका लेखहरुले पनि सायद मलाइ धेरै छोएका छन् ।  

महिलाहरु नेपालमा मात्र हेइन जहाँपनि पहिचानको खोजीमा छन् । दुइ चार जनाले पहिचान पाए भन्दैमा यो आन्दोलन रोकिनुहुदैन । हरेक क्षेत्रमा समतामूलक र सशक्त सहभागिता अनि आर्थिक रुपमा महिलाहरु बलियो हुन जरुरी छ । छोरीलाई बिहेमा दाइजो दिने सम्पति जोड्नु भन्दा शिक्षामा लगानी गरौं । शिक्षा र चेतना नै सबैभन्दा बलियो हतियार हो । 
चाडपर्वहरुहरु नजिकिदैछन् , छड्के तिल्लहरी र सुनका गहनामा अनि नचाहिदो तडकभडकमा आफूलाई नभुलाउनुस् । आफ्नो जिवनको सार्थकता खोज्नुस् , आफ्नो पहिचान खोज्नुस् । आफूलाई चिनाउनुस् समाज परिवर्तनको संवाहक बन्नुस् । सम्पूर्ण महिलाहरुलाई  शुभकामना ।

2018/7/11

No comments:

Post a Comment

बाबुको गन्थन

    मावल कहिले आउने भनेर फोन गर्दै पिच्छे सोध्नुहुन्छ हजुरबाले । मेरो मावलको हजुरबुवाको नाम होम हो घरको हजुरबुवा चैं रामचन्द्र । मामुले...