Wednesday, December 11, 2013

समयको गतिसँगै बगेका मेरा बिगतहरु
कोही कति कहाली लाग्दा थिए होलान्
कोही,
कति स्वर्णिम थिए होलान् ।
परिस्थितिसँग एकाकार बन्नुपर्ने बाध्यता
रहरहरु बन्दी बने,
इच्छाहरु दमित भए,
कति कोपिलाहरु फक्रन नपाउँदै
निष्ठूर दिनहरुमा चुँडालिएर गए।।
औंसीका काला रातहरु झैं
भयंकर पीडा बनेर
चोटहरु बर्सिरहे,
रितुहरु परिवर्तन भइरहे,
मनहरु बदलीरहे।।।
तर आज,
हाँसोमा उड्छ स्वभिमान
घमण्ड बन्छ पौरख
सीमाबद्ध भोगविलास
पागलको उपमा दिन्छ मलाई
गिज्याउँछ मेरो स्वभिमानलाई
तर,
पागल नदेख मलाई
भोको पेट भए पनि स्वभिमानी शीर लिएर
अस्पष्ट  भविष्यसँगै
वर्तमानमा निष्फिक्री बाँच्न सक्छु म ।।।।

No comments:

Post a Comment

बाबुको गन्थन

    मावल कहिले आउने भनेर फोन गर्दै पिच्छे सोध्नुहुन्छ हजुरबाले । मेरो मावलको हजुरबुवाको नाम होम हो घरको हजुरबुवा चैं रामचन्द्र । मामुले...