मावल कहिले आउने भनेर फोन गर्दै पिच्छे
सोध्नुहुन्छ हजुरबाले । मेरो मावलको हजुरबुवाको नाम होम हो घरको हजुरबुवा चैं रामचन्द्र
। मामुले बासँग बोल भनेर मोवाइल दिँदा म सँधै झुक्किन्छु घरको बा हो कि मावलको
त्यहि भएर म बाहरुको नाम लिएर सोध्छु कुन बा हो ? भनेर । अनि गफ गर्न सजिलो हुन्छ
नि । तर मावलको बा ले ठूलो मान्छेलाई त्यसरी नामबाट बोलाउन हुन्न भन्नुहुन्छ त ।
किन होला त्यसो भन्नुभएको ? हामीलाई त जसले
पनि नामबाटै बोलाउनुहुन्छ फेरी ! मलाई बाबा र
मामुसँग घुम्न जान मन लाग्छ । काठमाडौंमा सबैभन्दा ठूलो जु छ हात्ति अनि वाइल्ड
एनिमलहरु कति छ त्यहाँ । डाइनोसर चैं देखिन । मलाई त डाइनोसर मन पर्छ । मलाई फेरी जु जान मन लागेको छ ।
तर कोरोना भाइरसले लकडाउन भइगयो । पुलिसले गाडी कुदाउन दिदैन नि त कोरोना लाग्छ भनेर । स्कूल पनि नगएको कति कति
भइसक्यो । बाबा र मामुले घरमै भए पनि पढ्नुपर्छ नत्र बिर्सिन्छ भन्नुहुन्छ । मेरो
साथीहरु पनि घरमै पढ्दैछन् होला ।
मलाई मामुले जंकफुड खानहुन्न विरामी भइन्छ
भन्नुहुन्छ । घरको खानेकुरा मात्र हेल्दी हुन्छ रे मामु सधैं त्यसै भन्नुहुन्छ ।
सब्जीहरु जे पनि खानुपर्छ भन्नुहुन्छ तर मलाई सब्जी खान मन लाग्दैन मासु पनि मन
पर्दैन मलाई त । मावलको हजुरआमाले चैं मलाई धेरै माया गर्नुहुन्छ जे भन्यो त्यही किन्दिनुहुन्छ
। त्यही भएर मलाई सधैं मावल गइरहन मन लाग्छ । अरुबेला त छुट्टीमा मावल जान्थें तर
अहिले लकडाउन छ छुट्टी पनि छ तर कतै जान पाइएको छैन । कहिले सकिन्छ होला लकडाउन पनि ।
विलक्षण न्यौपाने
कक्षा - यु के जी
हेरिटेज नेशनल एकाडेमी ,इलाम