Friday, July 17, 2020

बाबुको गन्थन



    मावल कहिले आउने भनेर फोन गर्दै पिच्छे सोध्नुहुन्छ हजुरबाले । मेरो मावलको हजुरबुवाको नाम होम हो घरको हजुरबुवा चैं रामचन्द्र । मामुले बासँग बोल भनेर मोवाइल दिँदा म सँधै झुक्किन्छु घरको बा हो कि मावलको त्यहि भएर म बाहरुको नाम लिएर सोध्छु कुन बा हो ? भनेर । अनि गफ गर्न सजिलो हुन्छ नि । तर मावलको बा ले ठूलो मान्छेलाई त्यसरी नामबाट बोलाउन हुन्न भन्नुहुन्छ त । किन होला त्यसो भन्नुभएको ? हामीलाई त जसले पनि नामबाटै  बोलाउनुहुन्छ फेरी ! मलाई बाबा र मामुसँग घुम्न जान मन लाग्छ । काठमाडौंमा सबैभन्दा ठूलो जु छ हात्ति अनि वाइल्ड एनिमलहरु कति छ त्यहाँ । डाइनोसर चैं देखिन । मलाई त डाइनोसर मन पर्छ । मलाई फेरी जु जान मन लागेको छ । तर कोरोना भाइरसले लकडाउन भइगयो । पुलिसले गाडी कुदाउन दिदैन नि त  कोरोना लाग्छ भनेर । स्कूल पनि नगएको कति कति भइसक्यो । बाबा र मामुले घरमै भए पनि पढ्नुपर्छ नत्र बिर्सिन्छ भन्नुहुन्छ । मेरो साथीहरु पनि घरमै पढ्दैछन् होला ।
मलाई मामुले जंकफुड खानहुन्न विरामी भइन्छ भन्नुहुन्छ । घरको खानेकुरा मात्र हेल्दी हुन्छ रे मामु सधैं त्यसै भन्नुहुन्छ । सब्जीहरु जे पनि खानुपर्छ भन्नुहुन्छ तर मलाई सब्जी खान मन लाग्दैन मासु पनि मन पर्दैन मलाई त । मावलको हजुरआमाले चैं मलाई धेरै माया गर्नुहुन्छ जे भन्यो त्यही किन्दिनुहुन्छ । त्यही भएर मलाई सधैं मावल गइरहन मन लाग्छ । अरुबेला त छुट्टीमा मावल जान्थें तर अहिले लकडाउन छ छुट्टी पनि छ तर कतै जान पाइएको छैन ।  कहिले सकिन्छ होला लकडाउन पनि ।
विलक्षण न्यौपाने

कक्षा - यु के जी
हेरिटेज नेशनल एकाडेमी ,इलाम

Sunday, June 7, 2020

पहाड जस्ती मेरी आमा




हरेक बिहानी म तिमीलााइ पुज्छु मेरी आमा
मन्दिर जान छोडेको  त धेरै भो ।
 पुज्दिन म ढुङ्गाका निर्जिव मूर्तिहरु
मेरा लागि तेत्तिस कोटी देवता तिमी नै हौ
जसले मलाई यो संसारको उज्यालो हेर्न सिकायो ।
तिम्रा सगरमाथा भन्दा अग्ला दुखका पहाडहरु
तिमीले नदेखाए पनि
लुकीलुकी चिहाएकी छु ,
सब हेरेकी छु आमा
एकान्तमा आँसु बगाएर
सन्तान सामू कति खुसी हुन्छेयौ है तिमी ।
सबै थाहा छ आमा
बस् थाहा नपाएको नाटक मात्र गरेकी हुँ ।।
एक्लो बृहस्पति बनेर समाजका कूरीति बदल्ने तिम्रो हिम्मत
दुखका समून्द्र तरेर पनि सालिन तिम्रो व्यक्तित्व
आज पचासको दशकमा पनि अनवरत तिम्रो परिश्रम
आमा,
अल्छी लागेका बेलामा,
हरेश लागेका बेलामा,
बिरक्त चलेका बेलामा,
मलाई झक्झकाउने तिम्रै साहस हुन् मेरी आमा ।।
लेखेकी थियौ तिमीले,
सन्तानका खुशीका निम्ति हजार चोटी हार्छन् आमाहरु
म बुझ्दिन थिएँ त्यति गहकिला शब्दहरु
तर अब बुझ्छु आमा
आफैं आमा बनेपछि ।
तिमी त अब आमाकि पनि आमा भयौ है ।
सन्तानका सुखका खातिर तिम्रा चरचरी फुटेका हातखुट्टा,
घामले डढाएका छाला
अनि मन भित्र वर्षौं देखि गुम्सिएका वेदनाहरु
 निको पार्न म हरदम तयार छु ।
मनका सारा  पिडा बिर्सेर,
मुसुक्क हाँसिदेउ न आमा
तिमी हास्दा संसारकै सबै भन्दा राम्री देखिन्छ्यौ ।।

-आमाहरुमा समर्पित)


Monday, April 6, 2020

Eco-poem




मान्छेको सुख
लुना खतिवडा

झुपडीमा दुख अनि महलमा सुख देख्छ मान्छे
गाउँका खेतबारी बाँझो छोडेर शहरका जग्गामा आँखा गाड्छ मान्छे ।
खोलाका बालुवा, ढुंगा, गिट्टि सखाप पारेर आफनो महल ठड्याउँछ
पहाडका भित्ताहरु फोरेर विकासका नाममा विनाश निम्त्याउँछ मान्छे ।।
प्रत्येक पल सास फेर्न अक्सिजन दिने रुखहरु ढालेर
धनी बन्ने सपना देख्छ मान्छे ।।
धन दौलत, सुन चाँदी, हिरामोतीमा खुसी खोज्छ
धनसम्पति र पदको लालचमा जस्तोसुकै कृत्य गर्न तयार छ
कहिल्यै तृKत्त हुन नसक्ने भौतिक कुरामा सधैंै प्यासी बन्छ मान्छे ।।

सम्पतिले खुशी मिल्ने भए,
पैसाकै सिरानी लाउनेहरु नि किन दुखी छन्  यहाँ <<
प्रकृति विनाश गरी ठड्याएका महलमा पनि किन रोइरहेछ मान्छे <<
आकाशमा हेर,
उडिरहेका बादल,
उडिरहेका चरा,
 कति निष्फिक्री उडेका छन्
तिनलाई खुसी हुन कुनै महल चाहिएको छैन ।

आफू भित्रै भएको खुसी चिन्न नसकेर
आफूसँगै भएको सुख थाहा नपाएर
सुखको खोजीमा अन्धाधुन्द भौंतारिने ए मान्छे !!
अब त आफूलाई चिन
प्रकृतिलाई माया गर्न सिक
आज र भोलि मात्र सोच्ने ए मान्छे !!
तिम्रा सन्ततिको भविष्य पनि यही पृथ्वीमै हो
नत्र प्रकृतिले बेला बेला चेतावनी दिइरहनेछ ।
यति मात्र त सहला मान्छेले
तर,
प्रकृतिले भयानक रुप लिदा
तिम्रो अस्तीत्व समाप्त हुन लाग्दा
तिम्रो लोभ लालचले तिमीलाई बचाउने छैन
त्यतिबेला
के गर्छौ मान्छे <<

बाबुको गन्थन

    मावल कहिले आउने भनेर फोन गर्दै पिच्छे सोध्नुहुन्छ हजुरबाले । मेरो मावलको हजुरबुवाको नाम होम हो घरको हजुरबुवा चैं रामचन्द्र । मामुले...