Thursday, September 6, 2018

डेंगु ज्वरो, यसको लक्षण र बच्ने उपायहरु




गर्मीको समयमा लामखुट्टेले प्राय जसो सबैलाई सताइरहेको हुन्छ तापमानको वृद्धिसँगै पहाडी जिल्लाहरुमा पनि लामखुट्टे बढिरहेको लामखुट्टे थुप्रै प्रजातीका हुन्छन् डेंगु, मलेरिया, जापानिज इन्सेफलाइटिस, जिका जस्ता धेरै रोगहरु लामखुट्टेको टोकाइका कारण सर्ने गर्दछन् यहाँ चर्चा गरौं डेंगु ज्वरोको

 सन् २००४ मा पहिलोपटक नेपालमा देखिएको डेंगु रोगले हालसम्म आइपुग्दा धेरै व्यक्तिहरु संक्रमित भइसकेका छन् केही व्यक्तिहरुको मृत्यु समेत भएको उष्ण क्षेत्रमा पाइने एडिज एजेप्टी एडिज एल्बोपिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट यो रोग सर्दछ बाघको शरीर जस्तै कालो सेतो धर्का भएको एडिज एल्बोपिक्टस लामखुट्टेलाई एसियन टाइगर पनि भनिन्छ यी दुबै प्रजातिका लामखुट्टे नेपालमा पाइन्छ डेंगु संक्रमित व्यक्तिलाई टोकेर आफ्नो शरीरमा डेंगु भाइरस बोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्यो भने डेंगु सर्दछ बिशेष गरेर शहर बिकास हुदै गरेको क्षेत्र जहाँ पर्याप्त पूर्वाधारहरु हुदैन, ढल व्यवस्थापन राम्रो  हुदैन ती स्थानहरु बढी जोखिममा हुन्छन्

दिउँसो मात्र टोक्ने यो लामखुट्टे प्राय सफा पानीमा बस्छ फुलको गमला, सात आठ दिनसम्म नचलाई राखिएको पानी, एसीको पानी आदिमा अण्डा पार्न सक्छ एक अध्ययन अनुसार गाडीको टायर धेरै भएको ठाउँमा,  फालेका प्लाष्टिक जहाँ पानी जमेको हुन्छ त्यस्तो ठाउँमा यी लामखुट्टले फूल पार्छन् झापा, चितवन, नवलपरासी लगायतका जिल्लाहरुमा यो रोगको प्रकोप देखिएको जलवायु परिवर्तनका कारण हावापानीमा आएको परिवर्तन तापक्रम वृद्धिले गर्दा केही पहाडी जिल्लाहरुमा पनि  यो लामखुट्टे वृद्धि हुदैछ

लक्षणहरु

संक्रमित लामखुट्टेले टोकेको लगभग तीन देखि दश दिनमा लक्षणहरु देखिन्छन्
) अत्याधिक ज्वरो आउने
) अत्याधिक टाउको दुख्ने
) मांशपेशी जोर्नी दुख्ने
) आँखा वरीपरी दुख्ने
) बान्ता हुने
) छालामा एलर्जी
)आन्तरिक रक्तश्राव हुने
) शरीरका आन्तरिक अंगहरुले काम गर्न नसक्ने मृत्यु हुने


बच्ने उपायहरु

नेपालमा डेंगु ज्वरो नयाँ रोग भएकाले अनुसन्धान व्यापक रुपमा हुनसकेको छैन भइरहेका अध्ययन अनुसन्धान पर्याप्त नहुन सक्छ यो रोगको उपचार सबै अस्पतालहरुमा उपलब्ध छैन रगत परिक्षण उपचार सबै जिल्लामा पुर्याउनु पनि चुनौती नै होला अहिले सम्म डेंगु ज्वरोको खोप नेपालमा उपलब्ध छैन रोग लागेर समयमा उपचार नपाएर पिडामा बाँच्नु भन्दा केही उपायहरु अवलम्बन गरे केही हदसम्म जोखिम कम गर्न सकिन्छ
) घर वरीपरी पानी जम्न नदिने जस्तैः फुलको गमला, प्रयोग भएर फालेको टायर, पुराना बट्टा तथा प्लाष्टिकहरु, खाल्डो भएको ठाउँ आदि
) गर्मीको समयमा हल्का तर पुरा शरीर ढाक्ने कपडा लगाउने (विशेष गरि बच्चाहरुलाई )
) सुत्दा सधैं झूल प्रयोग गर्ने
) लामखुट्टे विकर्षण गर्ने मल्हम, क्रिमहरुको प्रयोग गर्ने
) खानपानमा बिशेष ध्यान पुर्याउने किनकि स्वस्थ स्वच्छ खानपान गर्ने ब्यक्तिको रोगप्रतिरोधात्मक क्षमता बढि हुन्छ जसले गर्दा हतपत रोगले आक्रमण गर्दैन
) जनचेतना अभिवृद्धि एक महत्वपूर्ण पक्ष हो संचार माध्यमले गर्ने सचेतनामूलक कार्यक्रम विज्ञापनहरुले  आम मानिसलाई कतिको प्रभाव पारेको भन्ने विश्लेषण हुनुपर्छ
) सरकारले डेंगु ज्वरो नियन्त्रणको दिर्घकालीन कार्यबिधि तयार गरि दक्ष जनशक्ति परिचालन गर्ने


 प्रस्तुती : लुना खतिवडा




Saturday, July 21, 2018

प्लाष्टिक प्रदूषण : अब नसोचे कहिले सोच्ने ?




होर्डिङ बोर्डमा लेखिएको छ “पोलिथिन झोलाको प्रयोग गरि हामी आफ्नै हत्या गर्दैछौं ।” सायद जनचेतनाको लागि यो निकै सन्देश मूलक र मार्मिक लेखाइ होला, मेरो मनले यसै भन्यो । तर बिडम्बना अलि पर प्लाष्टिकजन्य घरायसी फोहोर  जलाइरहेका दुइ चार परिवार पनि यही आँखाले देख्यो ।  केही समय अघि दार्जिलिङ घुम्न जाँदाको दृश्य हो यो ।

आर्थिक हिसाबमा एक किसिमको फड्को मारि बजार विस्तार व्यापक भइरहेको डोटिको दिपायल बजारमा साँझ परेपछि प्रायः जसो पसलका अगाडि फोहोर जलाउने दैनिकि पनि प्रत्यक्ष नियालेँ । प्लाष्टिक मुक्त जिल्ला इलाम र दमक नगरपालिकाका केही नगरपलिकाबासीहरुले समेत प्लाष्टिक जन्य फोहोर जलाइरहेको दृश्य पटक पटक देखेँ । मेरो देशको राजधानी काठमाडौंको कथा झनै भयानक छ । नजिकैको सिसडोल ल्याण्डफिल साइटको समयावधि सकिसक्दा पनि विकल्प तयार गर्न नसकेर पटक पटक आलोचित भइरहेको छ काठमाडौं । यत्रतत्र छरिएका फोहोरले राजधानी कति दूषित छ भनेर त हामी सबैलाई अवगत नै छ ।

यी त प्रतिनिधि कथाहरुमात्र हुन् । देशका प्रायजसो सबै स्थानका कथा यस्तै र अझ डरलाग्दा छन् । नेपाल मात्र होइन प्लाष्टिक प्रदुषण विश्वव्यापि समस्या हो । केही दिन अगाडि बिबिसीले एउटा समाचार प्रकाशित गर्यो । समाचारमा भनिएको छ कि  समुन्द्रमा अत्याधिक प्लाष्टिक प्रदुषणका कारण समुन्द्री चराहरुको पेट प्लाष्टिकले भरिएको छ, खानाको लागि कुनै ठाउँ छैन र उनीहरु मृत्यूसँग संघर्ष गर्दैछन् । यस्तै अवस्था रहिरहने हो भने आउने दिनमा अरु प्राणीहरुको पनि यो अवस्था अवश्य आउनेछ । शहरमा छाडा छोडिएका गाइवस्तुहरुले पनि प्लाष्टिक चपाइरहेको त यहीं देखिन्छ ।

प्लाष्टिक जन्य फोहोरका कारण वातावरण र मानव जगतमा पर्ने असरहरुलाई मध्यनजर गर्दे विश्व व्यापी रुपमा स्वच्छता अभियान अन्र्तगत चलाइएका थुप्रै अभियानहरु भएपनि अपेक्षाकृत सफलता भने पाउन नसकिरहेको जस्तो देखिन्छ । हुन त प्रयोग गर्न सजिलो र हलुका भएकाले प्लाष्टिक जन्य सामानहरुको प्रयोग धेरै छ त्यही कारण पनि पूर्ण रुपमा नियन्त्रण गर्न एकदम कठिन छ तर सकेसम्म कम प्रयोग गर्न भने नसकिने होइन । प्लाष्टिक आफैंमा समस्या होइन, यसको प्रयोग हामीले कसरी गर्छौं त्यसमा भर पर्दछ । जस्तो कि एकपटक प्रयोग गरिसकेको प्लाष्टिक फेरी पनि धेरै चोटी प्रयोग गर्न सकिन्छ ।  प्रयोग गरिसकेपछि व्यवस्थित तरिकाले व्यवस्थापन गर्न सकिन्छ । प्लाष्टिक जलाउँदा मानव शरीरमा मात्र होइन वातावरणमा र वायूमण्डलमा पनि असर गरिरहेको हुन्छ र यो अबैधानिक हो भनेर कानूनमा उल्लेख पनि भएको छ । प्लाष्टिक जन्य वस्तुहरु जलाउँदा नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड जस्ता घातक ग्यासहरु र डाइअक्सिन नामक विषालु रसायन लगायत अन्य धातुहरु समेत वायूमण्डलमा मिसिन्छन् जसले अम्ल वर्षा गराउने, स्वासप्रश्पासमा समस्या आउने, छाला जन्य रोगहरु लानेजस्ता असरहरु देखा पर्छन् । 

यसपालीको विश्व बातावरण दिवसको नारा प्लाष्टिक प्रदुषण अन्त गरौं , सके पूनः प्रयोग गरौं, नसके बहिष्कार गरौं भन्ने थियो । यही नारालाई आत्मसाथ गर्दै नेपालमा पनि थुप्रै कार्यक्रमहरु भए । कतिले घोषणा गरे होलान् अबदेखि प्लाष्टिक प्रयोग गर्दिन वा एकदमै कम मात्र प्रयोग गर्छु । तर आज दिवस मनाएको एक महिना पनि नपुग्दै धेरैले आफ्ना बाचाहरु बिर्से । आ.... चलिहाल्छ नि , आज एकदिन त हो भन्ने जस्ता धारणाले ग्रस्त भई पसलबाट प्लाष्टिकमै सामान बोकी घर फर्किरहेका धेरै होलान् । औपचारिक कार्यक्रमहरु आयोजना गरि नेताज्यूहरुले दिगो विकासका लागि भन्दै रोपेका ति विरुवाहरुलाई कसैले स्याहार गर्दैछन् कि छैनन् होलान् ??  सब्जी पसल, किराना पसल, मासु पसल, लुगा पसल सबतिर प्लाष्टिक झोलाकै विगविगी छ । मोफसल क्षत्रहरु भन्दा राजधानी नै धेरै प्लाष्टिक प्रदुषणको जालोमा घेरिएको छ ।  देशको राजधानीमा बस्ने मानिसहरुमा चेतना नभएको त पक्कै होइन होला । फुर्सद नभएर वा सबैले फोहोर गरिरहेका छन् भनेर वा उचित व्यवस्थापन गर्ने स्थान नभएर ?? धुलो, धुँवा र ट्राफिक जामको चंगुलमा फसेको मेरो राजधानी कम से कम फोहोर मैला व्यवस्थापन मात्र भए नि अलि बैज्ञानिक ढंगको भइदिए कति राम्रो हुनेथियो ।  

प्लाष्टिक जन्य सामग्रीहरु पूर्ण रुपमा गल्न औशत ४०० देखि १००० वर्ष सम्म लाग्छ भनी अध्ययनहरुले देखाएका छन् । प्लाष्टिक जलाउँदा निस्किने हानीकारक धुँवाले वायूमण्डल र मानव स्वास्थ्यमा एकदमै असर पुर्याउँछ ।  अझ गर्भवती महिला र बच्चाहरु बढि जोखिममा हुन्छन् । एकछिनको सजिलोका लागि गरिने, देख्दा सामान्य लाग्ने यस्ता दैनिक क्रियाकलापहरुले हामी स्वयम्, हाम्रा सन्तान र हाम्रो वरिपरिको वातावरणमा भयानक असर परिरहेको कुरा प्रत्यक्ष रुपमा आम मानिसले बुझ्न सके वा चाहे भने मात्र प्लाष्टिक प्रदुषण कम गर्न सकिन्छ । जबसम्म हामीमा शिक्षा र चेतनाको स्तर बढ्दैन, समस्या जस्ताको तस्तै रहन्छ । प्लाष्टिकको अनावश्यक प्रयोग र अबैज्ञानिक व्यवस्थापन समग्र मानव जगतकै अहितका लागि हो भन्ने कुराको ज्ञात मानिसहरुको अन्तसंस्करणमा हुन सकेन भने अभियानकर्ताहरु अभियान चलाइरहन्छन् , मानिसहरु प्रदुषण बढाइरहन्छन् । रेडियो, टिभि र बोर्डहरुमा चेतनामूलक सन्देशहरु प्रवाह भइरहन्छन्, मानिसहरु निसन्देश फोहोर जलाई आफ्नै आयू घटाइरहन्छन् । तसर्थ हाल सम्म भएका प्लाष्टिक प्रदुषण न्यूनीकरणका कार्यहरुको समिक्षा गर्दै भावी कार्यनीति बनाउन आवश्यक छ । 

प्लाष्टिक र प्लाष्टिक जन्य सामग्रीहरुको प्रयोग पूर्ण रुपमा नियन्त्रण गर्न खोज्दा सफल नभएका उदाहरणहरुलाई मध्यनजर गर्दै व्यवस्थापनमा ध्यान दिने हो भने धेरै सुधार हुन सक्छ । यो आलेख तयार पारिरहँदा छिमेकमा  प्लाष्टिक जलाउँदैछन् र प्रदुषित धुँवाको शिकार म मात्र होइन , वरीपरीका सबै भएका छन् । एक जना व्यक्ति वा परिवारको लापरवाहीका कारण धेरैजनाको स्वास्थ्य जोखिममा परेको छ । अब अति भो पर्याबरणीय चेतनाको लागि स्थानीय सरकारहरु अलि जागरुक बन्नुपर्छ, जनता सचेत हुनुपर्छ ।। 
लुना खतिवडा

Wednesday, July 11, 2018

आफूलाई चिनौं

आफूलाई चिनौं

श्रावण नलाग्दै बजारमा हरियो चुरा र मेहन्दीको रौनक शुरु भइसकेछ । यो फेसनले पनि यति गाँजेको छ कि हरियो चुरा नलगाई हिड्नेलाई त प्रश्न प्रतिप्रश्न कति हो कति । तीज आउन अझै २ ÷३ महिना बाँकी होला, कतिलाई तीजमा के लाउने, कस्तो लाउने चटारो परिसक्यो । कतै विहे पार्टीमा जाँदा भएभरका गहनाले झकिझकाउ हुनैपर्ने । सुन नभए नक्कली सुन भए नि लगाउनै पर्ने । छड्के तिल्लहरी पनि अनिवार्य नै जस्तो । शहरीया परिबेशमा यो झकिझकाउ बढि नै देखिन्छ । पढेलेखेका महिलाहरु नै संस्कार र परम्पराका नाममा यस्ता अनावश्यक तडकभडकमा अघि भएपछि कस्तो समाजको कल्पना गर्ने हामीले ? 

युवा नेतृ मानुषी यमी भट्टराइलाई हेर्नुस् त कति सादापन छ उनमा । पूर्व प्रधानमन्त्रीकी छोरी  भएर मात्र होइन नेपाली राजनीतिमा आफूलाई स्थापित गरिसकेकी उनको लवाइमा कति सादापन देखिन्छ ? के उनले नभएर तेसो गरेकी हुन् र ? पक्कै होइन, उनी यस्ता तडकभडकको जिवन भन्दा धेरै माथी छिन् । नेपालमा अरु पनि धेरै महिला छन् जो बौदिक रुपमा धेरै माथी भएर पनि सादा जिवन जिउछन् । म सामाजिक संजालमा हेर्छु  यसोदा तिम्सिना, अर्चना थापा, विद्या चापागाइँ, हरिमाया भेट्वाल, सुशिला कार्की, मनिषा गौचन लगायत थुप्रै महिलाहरु हुनुहुन्छ उहाँहरुबाट कुनै न कुनै रुपमा प्रभावित छु । यी सबै हस्तीहरुमा कुनै अनावश्यक तडकभडक देख्दिन । समाजमा भएका विकृति र विसंगतिको विरुद्ध अनि महिलाका आवाज लेख्ने पारिजातको चेतनास्तरकै कारण  त इतिहासमा उनी कालजयी भइन् ।  तसलिमा नसरिन र अरन्धति रोयका लेखहरुले पनि सायद मलाइ धेरै छोएका छन् ।  

महिलाहरु नेपालमा मात्र हेइन जहाँपनि पहिचानको खोजीमा छन् । दुइ चार जनाले पहिचान पाए भन्दैमा यो आन्दोलन रोकिनुहुदैन । हरेक क्षेत्रमा समतामूलक र सशक्त सहभागिता अनि आर्थिक रुपमा महिलाहरु बलियो हुन जरुरी छ । छोरीलाई बिहेमा दाइजो दिने सम्पति जोड्नु भन्दा शिक्षामा लगानी गरौं । शिक्षा र चेतना नै सबैभन्दा बलियो हतियार हो । 
चाडपर्वहरुहरु नजिकिदैछन् , छड्के तिल्लहरी र सुनका गहनामा अनि नचाहिदो तडकभडकमा आफूलाई नभुलाउनुस् । आफ्नो जिवनको सार्थकता खोज्नुस् , आफ्नो पहिचान खोज्नुस् । आफूलाई चिनाउनुस् समाज परिवर्तनको संवाहक बन्नुस् । सम्पूर्ण महिलाहरुलाई  शुभकामना ।

2018/7/11

बाबुको गन्थन

    मावल कहिले आउने भनेर फोन गर्दै पिच्छे सोध्नुहुन्छ हजुरबाले । मेरो मावलको हजुरबुवाको नाम होम हो घरको हजुरबुवा चैं रामचन्द्र । मामुले...