Friday, July 17, 2020

बाबुको गन्थन



    मावल कहिले आउने भनेर फोन गर्दै पिच्छे सोध्नुहुन्छ हजुरबाले । मेरो मावलको हजुरबुवाको नाम होम हो घरको हजुरबुवा चैं रामचन्द्र । मामुले बासँग बोल भनेर मोवाइल दिँदा म सँधै झुक्किन्छु घरको बा हो कि मावलको त्यहि भएर म बाहरुको नाम लिएर सोध्छु कुन बा हो ? भनेर । अनि गफ गर्न सजिलो हुन्छ नि । तर मावलको बा ले ठूलो मान्छेलाई त्यसरी नामबाट बोलाउन हुन्न भन्नुहुन्छ त । किन होला त्यसो भन्नुभएको ? हामीलाई त जसले पनि नामबाटै  बोलाउनुहुन्छ फेरी ! मलाई बाबा र मामुसँग घुम्न जान मन लाग्छ । काठमाडौंमा सबैभन्दा ठूलो जु छ हात्ति अनि वाइल्ड एनिमलहरु कति छ त्यहाँ । डाइनोसर चैं देखिन । मलाई त डाइनोसर मन पर्छ । मलाई फेरी जु जान मन लागेको छ । तर कोरोना भाइरसले लकडाउन भइगयो । पुलिसले गाडी कुदाउन दिदैन नि त  कोरोना लाग्छ भनेर । स्कूल पनि नगएको कति कति भइसक्यो । बाबा र मामुले घरमै भए पनि पढ्नुपर्छ नत्र बिर्सिन्छ भन्नुहुन्छ । मेरो साथीहरु पनि घरमै पढ्दैछन् होला ।
मलाई मामुले जंकफुड खानहुन्न विरामी भइन्छ भन्नुहुन्छ । घरको खानेकुरा मात्र हेल्दी हुन्छ रे मामु सधैं त्यसै भन्नुहुन्छ । सब्जीहरु जे पनि खानुपर्छ भन्नुहुन्छ तर मलाई सब्जी खान मन लाग्दैन मासु पनि मन पर्दैन मलाई त । मावलको हजुरआमाले चैं मलाई धेरै माया गर्नुहुन्छ जे भन्यो त्यही किन्दिनुहुन्छ । त्यही भएर मलाई सधैं मावल गइरहन मन लाग्छ । अरुबेला त छुट्टीमा मावल जान्थें तर अहिले लकडाउन छ छुट्टी पनि छ तर कतै जान पाइएको छैन ।  कहिले सकिन्छ होला लकडाउन पनि ।
विलक्षण न्यौपाने

कक्षा - यु के जी
हेरिटेज नेशनल एकाडेमी ,इलाम

Sunday, June 7, 2020

पहाड जस्ती मेरी आमा




हरेक बिहानी म तिमीलााइ पुज्छु मेरी आमा
मन्दिर जान छोडेको  त धेरै भो ।
 पुज्दिन म ढुङ्गाका निर्जिव मूर्तिहरु
मेरा लागि तेत्तिस कोटी देवता तिमी नै हौ
जसले मलाई यो संसारको उज्यालो हेर्न सिकायो ।
तिम्रा सगरमाथा भन्दा अग्ला दुखका पहाडहरु
तिमीले नदेखाए पनि
लुकीलुकी चिहाएकी छु ,
सब हेरेकी छु आमा
एकान्तमा आँसु बगाएर
सन्तान सामू कति खुसी हुन्छेयौ है तिमी ।
सबै थाहा छ आमा
बस् थाहा नपाएको नाटक मात्र गरेकी हुँ ।।
एक्लो बृहस्पति बनेर समाजका कूरीति बदल्ने तिम्रो हिम्मत
दुखका समून्द्र तरेर पनि सालिन तिम्रो व्यक्तित्व
आज पचासको दशकमा पनि अनवरत तिम्रो परिश्रम
आमा,
अल्छी लागेका बेलामा,
हरेश लागेका बेलामा,
बिरक्त चलेका बेलामा,
मलाई झक्झकाउने तिम्रै साहस हुन् मेरी आमा ।।
लेखेकी थियौ तिमीले,
सन्तानका खुशीका निम्ति हजार चोटी हार्छन् आमाहरु
म बुझ्दिन थिएँ त्यति गहकिला शब्दहरु
तर अब बुझ्छु आमा
आफैं आमा बनेपछि ।
तिमी त अब आमाकि पनि आमा भयौ है ।
सन्तानका सुखका खातिर तिम्रा चरचरी फुटेका हातखुट्टा,
घामले डढाएका छाला
अनि मन भित्र वर्षौं देखि गुम्सिएका वेदनाहरु
 निको पार्न म हरदम तयार छु ।
मनका सारा  पिडा बिर्सेर,
मुसुक्क हाँसिदेउ न आमा
तिमी हास्दा संसारकै सबै भन्दा राम्री देखिन्छ्यौ ।।

-आमाहरुमा समर्पित)


Monday, April 6, 2020

Eco-poem




मान्छेको सुख
लुना खतिवडा

झुपडीमा दुख अनि महलमा सुख देख्छ मान्छे
गाउँका खेतबारी बाँझो छोडेर शहरका जग्गामा आँखा गाड्छ मान्छे ।
खोलाका बालुवा, ढुंगा, गिट्टि सखाप पारेर आफनो महल ठड्याउँछ
पहाडका भित्ताहरु फोरेर विकासका नाममा विनाश निम्त्याउँछ मान्छे ।।
प्रत्येक पल सास फेर्न अक्सिजन दिने रुखहरु ढालेर
धनी बन्ने सपना देख्छ मान्छे ।।
धन दौलत, सुन चाँदी, हिरामोतीमा खुसी खोज्छ
धनसम्पति र पदको लालचमा जस्तोसुकै कृत्य गर्न तयार छ
कहिल्यै तृKत्त हुन नसक्ने भौतिक कुरामा सधैंै प्यासी बन्छ मान्छे ।।

सम्पतिले खुशी मिल्ने भए,
पैसाकै सिरानी लाउनेहरु नि किन दुखी छन्  यहाँ <<
प्रकृति विनाश गरी ठड्याएका महलमा पनि किन रोइरहेछ मान्छे <<
आकाशमा हेर,
उडिरहेका बादल,
उडिरहेका चरा,
 कति निष्फिक्री उडेका छन्
तिनलाई खुसी हुन कुनै महल चाहिएको छैन ।

आफू भित्रै भएको खुसी चिन्न नसकेर
आफूसँगै भएको सुख थाहा नपाएर
सुखको खोजीमा अन्धाधुन्द भौंतारिने ए मान्छे !!
अब त आफूलाई चिन
प्रकृतिलाई माया गर्न सिक
आज र भोलि मात्र सोच्ने ए मान्छे !!
तिम्रा सन्ततिको भविष्य पनि यही पृथ्वीमै हो
नत्र प्रकृतिले बेला बेला चेतावनी दिइरहनेछ ।
यति मात्र त सहला मान्छेले
तर,
प्रकृतिले भयानक रुप लिदा
तिम्रो अस्तीत्व समाप्त हुन लाग्दा
तिम्रो लोभ लालचले तिमीलाई बचाउने छैन
त्यतिबेला
के गर्छौ मान्छे <<

Thursday, September 6, 2018

डेंगु ज्वरो, यसको लक्षण र बच्ने उपायहरु




गर्मीको समयमा लामखुट्टेले प्राय जसो सबैलाई सताइरहेको हुन्छ तापमानको वृद्धिसँगै पहाडी जिल्लाहरुमा पनि लामखुट्टे बढिरहेको लामखुट्टे थुप्रै प्रजातीका हुन्छन् डेंगु, मलेरिया, जापानिज इन्सेफलाइटिस, जिका जस्ता धेरै रोगहरु लामखुट्टेको टोकाइका कारण सर्ने गर्दछन् यहाँ चर्चा गरौं डेंगु ज्वरोको

 सन् २००४ मा पहिलोपटक नेपालमा देखिएको डेंगु रोगले हालसम्म आइपुग्दा धेरै व्यक्तिहरु संक्रमित भइसकेका छन् केही व्यक्तिहरुको मृत्यु समेत भएको उष्ण क्षेत्रमा पाइने एडिज एजेप्टी एडिज एल्बोपिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट यो रोग सर्दछ बाघको शरीर जस्तै कालो सेतो धर्का भएको एडिज एल्बोपिक्टस लामखुट्टेलाई एसियन टाइगर पनि भनिन्छ यी दुबै प्रजातिका लामखुट्टे नेपालमा पाइन्छ डेंगु संक्रमित व्यक्तिलाई टोकेर आफ्नो शरीरमा डेंगु भाइरस बोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्यो भने डेंगु सर्दछ बिशेष गरेर शहर बिकास हुदै गरेको क्षेत्र जहाँ पर्याप्त पूर्वाधारहरु हुदैन, ढल व्यवस्थापन राम्रो  हुदैन ती स्थानहरु बढी जोखिममा हुन्छन्

दिउँसो मात्र टोक्ने यो लामखुट्टे प्राय सफा पानीमा बस्छ फुलको गमला, सात आठ दिनसम्म नचलाई राखिएको पानी, एसीको पानी आदिमा अण्डा पार्न सक्छ एक अध्ययन अनुसार गाडीको टायर धेरै भएको ठाउँमा,  फालेका प्लाष्टिक जहाँ पानी जमेको हुन्छ त्यस्तो ठाउँमा यी लामखुट्टले फूल पार्छन् झापा, चितवन, नवलपरासी लगायतका जिल्लाहरुमा यो रोगको प्रकोप देखिएको जलवायु परिवर्तनका कारण हावापानीमा आएको परिवर्तन तापक्रम वृद्धिले गर्दा केही पहाडी जिल्लाहरुमा पनि  यो लामखुट्टे वृद्धि हुदैछ

लक्षणहरु

संक्रमित लामखुट्टेले टोकेको लगभग तीन देखि दश दिनमा लक्षणहरु देखिन्छन्
) अत्याधिक ज्वरो आउने
) अत्याधिक टाउको दुख्ने
) मांशपेशी जोर्नी दुख्ने
) आँखा वरीपरी दुख्ने
) बान्ता हुने
) छालामा एलर्जी
)आन्तरिक रक्तश्राव हुने
) शरीरका आन्तरिक अंगहरुले काम गर्न नसक्ने मृत्यु हुने


बच्ने उपायहरु

नेपालमा डेंगु ज्वरो नयाँ रोग भएकाले अनुसन्धान व्यापक रुपमा हुनसकेको छैन भइरहेका अध्ययन अनुसन्धान पर्याप्त नहुन सक्छ यो रोगको उपचार सबै अस्पतालहरुमा उपलब्ध छैन रगत परिक्षण उपचार सबै जिल्लामा पुर्याउनु पनि चुनौती नै होला अहिले सम्म डेंगु ज्वरोको खोप नेपालमा उपलब्ध छैन रोग लागेर समयमा उपचार नपाएर पिडामा बाँच्नु भन्दा केही उपायहरु अवलम्बन गरे केही हदसम्म जोखिम कम गर्न सकिन्छ
) घर वरीपरी पानी जम्न नदिने जस्तैः फुलको गमला, प्रयोग भएर फालेको टायर, पुराना बट्टा तथा प्लाष्टिकहरु, खाल्डो भएको ठाउँ आदि
) गर्मीको समयमा हल्का तर पुरा शरीर ढाक्ने कपडा लगाउने (विशेष गरि बच्चाहरुलाई )
) सुत्दा सधैं झूल प्रयोग गर्ने
) लामखुट्टे विकर्षण गर्ने मल्हम, क्रिमहरुको प्रयोग गर्ने
) खानपानमा बिशेष ध्यान पुर्याउने किनकि स्वस्थ स्वच्छ खानपान गर्ने ब्यक्तिको रोगप्रतिरोधात्मक क्षमता बढि हुन्छ जसले गर्दा हतपत रोगले आक्रमण गर्दैन
) जनचेतना अभिवृद्धि एक महत्वपूर्ण पक्ष हो संचार माध्यमले गर्ने सचेतनामूलक कार्यक्रम विज्ञापनहरुले  आम मानिसलाई कतिको प्रभाव पारेको भन्ने विश्लेषण हुनुपर्छ
) सरकारले डेंगु ज्वरो नियन्त्रणको दिर्घकालीन कार्यबिधि तयार गरि दक्ष जनशक्ति परिचालन गर्ने


 प्रस्तुती : लुना खतिवडा




बाबुको गन्थन

    मावल कहिले आउने भनेर फोन गर्दै पिच्छे सोध्नुहुन्छ हजुरबाले । मेरो मावलको हजुरबुवाको नाम होम हो घरको हजुरबुवा चैं रामचन्द्र । मामुले...